पर्यटन बोर्डको सीईओमा जोशी पुनः नियुक्त

Share News

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी पुनः नियुक्त भएका छन् । बिहीवार बसेको बोर्ड बैठकले जोशीलाई नयाँ सीईओमा नियुक्त गरेको हो । यसअघि उनी २०७२ मा पहिलोपटक बोर्डको सीईओको रूपमा नियुक्त भएका थिए ।

बिहीवार बोर्डका अध्यक्षसमेत रहेका पर्यटन सचिव गणेशप्रसाद पाण्डेयको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको बोर्डका निर्देशक मणीराज लामिछानेले जानकारी दिए । 

बोर्डको सीईओ नियुक्तिका लागि उपसमिति गठन गरिएको थियो । उपसमितिले जोशीसहित निवर्तमान सीईओ धनञ्जय रेग्मी र ज्ञानेन्द्रसिंह महतोको नाम सिफारिस गरेको थियो । निवर्तमान सीईओ रेग्मीको कार्यकाल २०८० माघमा सकिएको थियो । ७ महीनामा बोर्डले नयाँ सीईओ पाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।