ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप पाँच सुविधा

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँचओटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधा सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्बा तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने भएको छ । 

यस योजनामा ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरीद तथा विक्री)का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो शेयर, आईपीओ भर्न चाहिने सि–आस्बा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर खरीद तथा विक्रीका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने बताइएको छ । यो सुविधा हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने बैंकले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।