सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा छूट

Share News

काठमाडौं। सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रालि धुलिखेलबीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले होटेलका सेवामा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड र बेभरेजका साथै होटेल बसाइमा १५ प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ । सम्झौताले ग्राहकलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ ।

सम्झौताबारे थप जानकारीका लागि बैंकको चौबिसैै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न केही समयअघि ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।