काठमाडौं। महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागज उचित रूपमा विसर्जनमा सहकार्य गर्ने सम्झौता भएको छ ।
पुराना कागज नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन:प्रयोग तथा पुन:प्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पछाडि पारिएका विद्यार्थीको शौक्षिक विकास गर्ने मूल उद्देश्यले सहकार्य भएको बताइएको छ । सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले बैंकका विभिन्न शाखामा रहेका डिस्पोजेबल कागज संकलन गर्ने र यसरी संकलन गरिएका कागज दुवै पक्षको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन:प्रशोधनका लागि दिइने बताइएको छ । सोमार्फत प्राप्त रकम राउण्ड टेबल नेपालको ‘बालबालिकालाई शिक्षित गरौं’ नामक परियोजनामा खर्च गरिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।