कुमारी बैंकको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

Share News

काठमाडौं। कुमारी बैंकले युएसएडसँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियान सम्पन्न गरेको छ । वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न व्यावसायिक एवं उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको हो । 

वित्तीय ज्ञान, शीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी विभिन्न क्रियाकलाप गर्दै आएको बताइएको छ । वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जानकारी दिएको छ । 

स्थानीयस्तरमा दिएको प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशीलताको संभावनालाई प्रवर्द्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।