एनआईएमबीका ग्राहकलाई बुद्ध एयरमा छूट

Share News

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)का ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छूट पाउने भएका छन् । बैंक र एयरलायन्सबीच भएको सम्झौतामा बैंकका ग्राहकका साथै उनीहरूको परिवार (बुवा, आमा, श्रीमती, छोरा/छोरी)लाई बुद्ध एयरको हवाई टिकट खरीदमा ८ प्रतिशत छूट दिने उल्लेख छ ।

सम्झौताअनुसार टिकटमा छूट लिन बुद्ध एयरका काउन्टरबाट टिकट खरीद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ । यो सम्झौताबाट बैंकका ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ । गुणस्तरीय बैंकिङ सेवाका साथै बैंकले अस्पताल, रेष्टुराँ, सपिङ मल लगायतका दर्जनौं विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी ग्राहकलाई थप सुविधा र छूटको व्यवस्था गर्दै आएको बताइएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।