स्वावलम्बन लघुवित्तद्वारा साँफेबगर प्रहरीचौकीलाई सहयोग

Share News

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको उपशाखा कार्यालय साँफेबगर अछामले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत प्रहरीचौकी साँफेबगरलाई विपत् व्यवस्थापन सामग्री सहयोग गरेको छ । संस्थाले चौकीलाई सावेल, गल, बेल्चा, गंैती तथा कार्पेट, डिस्पेन्सर र कुर्ची सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा साँफेबगर नगरपालिकाका वडा नं. ३ का अध्यक्ष कुलबहादुर कुँवरले संस्थाको आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यले लक्षित वर्गलाई राहत पुगी समाजमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । प्रहरी चौकीका इन्चार्ज लालबहादुर साउदले प्राप्त सहयोग सामग्रीले दैनिक कार्यसम्पादनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।