काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको ‘क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८०/८१’ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता र उच्च व्यवस्थापकको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बताइएको छ । बिहीवार चितवनमा सम्पन्न उक्त तीनदिने कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी प्रेसिडेन्ट क्लब, सिइओ क्लब, म्यानेजर क्लब हासिल गरेका अभिकर्तालाई सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अभिकर्तालाई सम्मान गर्दै हौसला प्रदान गरेका थिए । अभिकर्ता पेशाले आम्दानीका साथै मान, सम्मान र अन्तरराष्ट्रिय फोरममा समेत पहिचान बनाउन सकिने अवसरका कारण यो गर्व गर्ने पेशा भएको उनको भनाइ थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।