काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस वर्ष कम्पनीले ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०७९/८० को लागि कुनै पनि लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष भने लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी गरेको हो ।
यसअघि आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत नै लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।