कुमारी बैंक एकैसाथ दुई विधामा सम्मानित

Share News

काठमाडौं। कुमारी बैंक लिमिटेडले ‘एक्सेलेन्स इन कन्जुमर क्रेडिट काडर््स बिजनेस’ र ‘एक्सेलेन्स इन क्रस बोर्डर बिजनेश’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनलले शुक्रवार ‘लिडरशीप कन्क्लेभ नेपाल २०२४’ आयोजना गरी बैंकलाई उक्त अवार्डले सम्मानित गरेको हो ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा प्रतिबद्ध रहेको बैंकको भनाइ छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।