काठमाडौं । नेपाल एसबिआई बैंकले मकवानपुरको श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले, लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत लगायत विद्यालय अन्य पदाधिकारी र शिक्षकहरूको उपस्थिति थियो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम गर्दै आइरहेको छ । बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।