एनएमबि बैंकद्वारा पलेशालाई सम्मान

Share News

काठमाडौं। एनएमबि बैंकले एसियाली प्यारालिम्पिक्स खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ । उनको उपलब्धिको सम्मानमा बैंकले नगद पुरस्कार रू. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रू. १ लाख १ हजार प्रदान गरेको छ । गोवर्धनको प्रतिनिधित्व गरी उनका अभिभावकले उक्त नगद पुरस्कार ग्रहण गरेका थिए । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोवर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरिएको बताइएको छ । बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको बताएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।