एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा छूट

Share News

काठमाडौं। एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड ( को–ब्राण्डेड कार्ड) होल्डरका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट किन्दा १० प्रतिशत अथवा अधिकतम रू. ५०० सम्म क्यासब्याक दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा बैंकले ग्राहकको यात्रामा सहजताका लागि सो अफर घोषणा गरेको बताइएको छ । यो अफर छठ पर्वसम्मका लागि लागू हुनेछ, जसले ग्राहकलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको अपेक्षा छ । बैंकले हाल २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।