ज्योति विकास बैंकद्वारा नेत्रावती डबजोङ अस्पताललाई सहयोग

Share News

काठमाडौं। ज्योति विकास बैंकले धादिङको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखेर उक्त सहयोग गरेको बताइएको छ ।

ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई ध्यानमा राखेर उक्त संवेदनशील र महत्त्वपूर्ण उपकरण उक्त अस्पताललाई प्रदान गरिएको बैंकको भनाइ छ । बैंकले विभिन्न स्वास्थ्य संस्थालाई हालसम्म ४७ ओटा बेबी वार्मर मेसिन सहयोग गरेको बताइएको छ । बैंकका पदाधिकारीबाट उक्त अस्पतालका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीको उपस्थितिमा उक्त बेबी वार्मर हस्तान्तरण गरिएको थियो । साथै, सोही कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालीम पनि प्रदान गरिएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।