अधिकांश विकास बैंकको आरओई घट्यो

Share News

काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ मा अधिकांश विकास बैंकको ‘रिटर्न अन इक्विटी’ अर्थात् पूँजी लगानीमा प्राप्त प्रतिफल अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । 

विकास बैंकहरूको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १६ विकास बैंकहरूमध्ये १० विकास बैंकको रिटर्न अन इक्विटी (आरओई) घटेको छ भने बाँकीको बढेको छ । 

विकास बैंकको नाम  रिर्टन अन इक्विटी  प्रतिशतमा)   
   २)८)÷८१  २)७(÷८)
सिन्धु १५.७२ २.१३
गरिमा १२.७ १५.७
मुक्तिनाथ १२.१२ १4.4५
कामना सेवा ११.१८ ८.९७
सांग्रिला १०.4८ ७.५4
शाइन रेसुङ्गा १०.१३ १२.७
मितेरी ९.९4 ११.०4
लुम्बिनी ९.११ ९.९4
महालक्ष्मी ७.०३ ७.२१
ग्रीन ६.१७ ३.१७
ज्योति ३.८७ ९.१६
एक्सेल ३.७५ ७.१६
सप्तकोशी ३.4२ -३३.५९
कर्णाली २.८८ ७.३२
नारायणी २.८५ -३०.८4
कर्पोरेट २.३२ २.4३

अघिल्लो वर्ष नारायणी र सप्तकोशी डेभलपमेन्ट बैंकको आरओई ऋणात्मक रहेकोमा गत वर्ष सकारात्मक (धनात्मक) भएको छ । आरओईले शेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन लगानीकर्ताहरूले आरओई विश्लेषण गर्छन् ।

कुल सम्पत्तिबाट बाह्य दायित्व (शेयरहोल्डर बाहेकको दाबी) घटाउँदा इक्विटी प्राप्त हुन्छ र खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । कम्पनीले इक्विटीमा प्रतिफल जति लामो समयसम्म राम्रो दिइरहेको छ, लगानीका लागि त्यो कम्पनी त्यति नै राम्रो मान्नुपर्छ । आरओई कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन् ।

अधिकांश विकास बैंकहरूको आरओई १० प्रतिशतभन्दा कम छ । दोस्रो बजारमा विकास बैंकको शेयर मूल्य भने उच्च रहेको छ । कतिपय विकास बैंक लगायत अन्य कम्पनीहरूको शेयर लगानीकर्ताको रोजाइमा पर्नुको कारण भनेको शेयर संख्या कम हुनु रहेको लगानीकर्ता सुनिता थापा बताउँछिन् । लगानीकर्ता कम्पनीको वित्तीय स्थितिभन्दा केही व्यक्तिहरूले कम्पनीको नाम नै तोकेर शेयर मूल्य बढाउने भनेर दिने अभिव्यक्तिको पछि लाग्दा कतिपय कम्पनीको शेयर मूल्य बढ्ने गरेको उनले बताइन् ।

अघिल्लो आर्थिक वर्ष नकारात्मक आरओई रहेका विकास बैंकहरू नारायणी र सप्तकोशी डेभलपमेन्ट बैंकको आरओई धनात्मक हुन गएकोले विकास बैंकहरूको औसत आरओई भने अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा उच्च रहेको छ ।

सम्बन्धित विकास बैंकहरूको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विकास बैंकहरूको औसत आरओई ७ दशमलव ७३ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । सूचीकृत १६ विकास बैंकहरूमध्ये गत वर्ष सबैभन्दा बढी आरओई सिन्धु विकास बैंकको रहेको छ । यस बैंकको आरओई १५ दशमलव ७२ प्रतिशत रहेको छ । यस बैंकको अघिल्लो वर्षको आरओई २ दशमलव १३ प्रतिशत मात्रै थियो । गत वर्ष दोस्रोमा गरिमा विकास बैंकको आरओई १२ दशमलव ७ प्रतिशत रहेको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।