काठमाडौं। एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’को घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक एक गरी सातजना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको बताइएको छ ।
विद्यार्थीमा अग्रिम रूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान् विद्यार्थीमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको बताइएको छ । विद्यार्थीलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने शीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकर उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य बैंकको रहेको बताइएको छ ।
एनएमबि बैंक लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक रहेको बताइएको छ । उक्त पत्रिकाद्वारा बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको बताइएको छ । बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।