प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने सिटिजन्स बैंकको घोषणा

Share News

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

दुई दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न भूभागमा जनधनको क्षति भएपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संकटको घडीमा सहयोग घोषणा गरिएको बताए । 

गत शुक्रवारदेखि देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण देशभर ४९ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । वर्षाका कारण दैनिक जनजीवन पनि प्रभावित बनेको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।