पालो हाईटेक छाताको

Share News

अब छातामै एमपीथ्री र पङ्खा
 


गर्मीे निरन्तर बढ्ने क्रममा छ । मानिसहरू पानी कहिले पर्ला, अनि शीतल होला भन्ने प्रतीक्षामा छन् । मनसुन शुरू हुन लागेकाले केही दिनमै पानी पर्ने आशा पनि गरिएको छ । तर, पानी परेपछि रेनकोट तथा छाताको आवश्यकता पर्छ । यसैलाई ध्यानमा राखी भारतीय छाता निर्माता कम्पनीहरूले हाईटेक (उच्च प्रविधि) छाता बजारमा ल्याउने तयारी गरेका छन् । इकोनोमिक टाइम्सको अध्ययनअनुसार भारत केरलाका छाता कारोबारीले यसपटक पानीबाट बचाउनुका साथै सङ्गीतसमेत सुन्न सघाउने छाता ल्याउने तयारी गरेको उल्लेख गरेको छ ।



एमपीथ्री तथा पङ्खासहितको छाता
 

केरलाका प्यापीलगायत छाता बनाउने कम्पनी चिरपरिचित ब्राण्डका रूपमा स्थापित छन् । प्यापीले यसपटक छातामार्फत युवावर्गलाई आकर्षित गर्न छातामै एमपीथ्री प्लेयरको समेत व्यवस्था गरेको छ । कम्पनीले आफ्ना छातामा ३२ जीबी क्षमताको एमपीथ्री प्लेयर जडान गर्ने बताएको छ । त्यसैगरी सन अम्ब्रेला कम्पनीले पनि पङ्खासहितको छाता बजारमा ल्याउने जानकारी दिइएको छ । यसमा जडित पङ्खाले २० हजार घण्टासम्म हावा दिने उल्लेख गरिएको छ । दूवै कम्पनीका यी उच्च प्रविधिसहितका छाता छिट्टै बजारमा उपलब्ध हुने बताइएको छ । यस्तो छाताको मूल्य करीब २ हजार भारूसम्म पर्नेे जानकारी दिइएको छ ।

स्रोत : इकोनोमिक टाइम्स

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।