स्ट्याण्डर्ड चार्टर्ड बैंक अब सातै प्रदेशमा

Share News

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले दुई प्रदेशमा शाखा विस्तार गरेको छ । 

बैंकले गत शनिवार कर्णाली प्रदेशको वीरेन्द्रनगर (सुर्खेत)मा र आज (आइतवार) सुदूरपश्चिम प्रदेशको धनगढी (कैलाली)मा शाखा उद्घाटन गरेको हो । यससँगै बैंकका शाखा देशका सातै प्रदेशमा विस्तार भएका छन् । 

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशहरूमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।

उपरोक्त दुवै शाखा कार्यालयहरूको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका हुन् । 

वीरेन्द्रनगर शाखाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहको समेत उपस्थिति थियो । 

दुवै शाखाको उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिका सदस्य सिद्धान्त राज पाण्डेयले सञ्चालक समितिको प्रतिनिधित्व गरेका थिए । 

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले उक्त शाखाहरू स्थापनाका क्रममा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका थिए । 

नेपालमा एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा रहेको यस बैंकले विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । 

नयाँ शाखा कार्यालयको स्थापनाले वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले लिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।