चितवन। प्रभु बैंक र चितवनको भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज)बीच छूटसम्बन्धी सम्झौता भएको छ । आइतवार बैंकका चितवन प्रदेश प्रमुख सांग्रिला श्रेष्ठ र कलेजका एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकले कलेजमा उपचारको लागि विशेष छूट पाउने भएका छन् । बैंकका ग्राहकले औषधि, सिटी स्क्यान र एमआरआईबाहेकका सेवाका साथै एक्सरे र यूएसजीमा २० प्रतिशतसम्म छूट पाउने भएका हुन् । ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्दा छूट पाउने बताइएको छ । यो सुविधा प्राप्त गर्न बैंकका ग्राहकले परिचयपत्र तथा परिवारको सदस्यका लागि नाता खुल्ने कागजात पेश गर्नुपर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।