२७ अंकले घट्यो नेप्से, ४ अर्ब ५९ करोडको कारोबार

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसूचक आज (मंगलवार) २७.३९ अंकले घटेको छ । 

यससँगै शेयर बजार परिसूचक २ हजार ६६३ दशमलव ३२ अंकमा झरेको छ । यसअघि गत आइतवार ५६.०९ अंकले र सोमवार ३७.१३ अंकले बजार बढेको थियो । 

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोडभन्दा बढीको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोडमा झरेको छ । 

आज ३०० धितोपत्रको ४५ हजार ८७० ओटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ । 

यस दिन म्युचुअल फन्डबाहेक सबै उपसूचक घटेका छन् । तीमध्ये वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको छ । यस्तै, होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले र उत्पादन तथा प्रशोधन उपसूचक १.७५ प्रतिशतले घटेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।