काठमाडौं। कुमारी बैंकले दशैंको अवसरमा सेवाग्राहीलाई शुभकामना स्वरूप दशैं दक्षिणा अफर ल्याएको छ । बैंकले घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि ‘दशैं उत्सव क्यासब्याक’ योजना ल्याएको हो ।
बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्ने बताइएको छ । त्यसैगरी एकादशी देखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरीद बापतको रकम भुक्तानी गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरीद मूल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको दशंै दक्षिणा प्राप्त गर्न सक्नेछन् ।
लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११ बजेर ५९ मिनेटसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने बताइएको छ । यसबाट वित्तीय कारोबार विद्युतीय भुक्तानीका माध्यमबाट आकर्षित गरी डिजिटल भुक्तानीमा टेवा पुग्ने विश्वास बैंकको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।