काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र आरबिबि म्युचुअल फन्ड १ लाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । लिबर्टी माइक्रोले सर्वसाधारणलाई जारी गर्न लागेको प्रतिशेयर अंकित मूल्य रू. १०० दरका २२ लाख ५० हजार कित्ता साधारण शेयरको खरीद प्रत्याभूति सेवाका लागि एसबिआई मर्चेण्ट र आरबिबि म्युचुअल फन्ड १ लाई जिम्मेवारी दिएको हो ।
एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल र लिबर्टी माइक्रोका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले शेयर प्रत्याभूति प्रदान गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।ं
नेपाल एसबिआई मर्चेण्ट नेपाल एसबिआई बंैक लिमिटेडको पूणर् स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सेवा, धितोपत्र खरीद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । त्यस्तै लिबर्टी माइक्रोले नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त गरी लघु जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।