बाढीपहिरो प्रभावितलाई एनआईएमबीको राहत

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले बाढीपहिरोका प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका प्रभावितलाई बैंकले दैनिक उपभोग्य सामग्री सहयोग गरेको हो ।
बैंकले पनौती नगरपालिका-११ सँगको सहकार्यमा त्यस वडा भित्रका ३७३ बाढीपहिरो प्रभावित घरधुरीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।