नेपाल हाइड्र्रो डेभलोपरले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने

Share News

काठमाडौं । नेपाल हाइड्र्रोपावर लिमिटेडले २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुपर खुदी हाइड्र्रो पावर लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा १० करोड रुपैयाँ बराबरको शेयरमा लगानी गर्ने निर्णय गरेको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा उल्लेखित रकम बराबरको शेयरमा लगानी गर्ने निर्णय गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।