ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच सम्झौता

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा उक्त बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।