काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं बानेश्वरस्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच बैंकका ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले क्लिनिकमा १५ प्रतिशतसम्म छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंककोे छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले १९७ शाखा, १६२ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट करीब १८ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।