यो साताको बजार : नेप्से २.८९ प्रतिशत बढ्यो, १ खर्ब २२ अर्बको पूँजीकरण वृद्धि

Share News

काठमाडौं । यो साता नेप्से परिसूचक ७७ दशलमव १९ अंक बढेको छ । नेपालको धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक २ हजार ७४५ दशमलव ३६ विन्दुमा पुगेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक २ हजार ६६८ दशमलव १७ विन्दुमा थियो । 

यो साता दुई दिन सार्वजनिक बिदा परेकाले तीन कारोबार दिन बजार खुला भएको छ । जसमध्ये पहिलो कारोबार दिन ३१ दशमलव ४८ अंकले बढेको बजार दोस्रो दिन ४३ दशमलव २२ अंक र तेस्रो दिन २ दशमलव ४७ अंकले बढेको हो । केही समय अगाडि ३ हजार विन्दुमाथि पुगेको बजार पछिल्लो समय २ हजार ४४२ विन्दुसम्म झरेर उकालो लागेको हो । 

ब्याजदर निरन्तर घट्दै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको जानकार बताउँछन् । बैंकहरूले कात्तिक महीनाका लागि ब्याजदर थप घटाउने निर्णय गरेका छन् । कर्जाकै ब्याजदर एकल अंकमा आइसकेको छ । अहिले अधिकांश बैंकहरूले सामान्य निक्षेपमा करीब ३ प्रतिशत हाराहारीमा मात्र ब्याज दिएका छन् । मुद्दति निक्षेपको ब्याजदर नै ६ प्रतिशतको हाराहारीमा मात्र छ ।

अहिलेको अवस्थामा बैंकमा निक्षेप राखेर लगानीकर्तालाई खासै फाइदा हुने देखिदैन । त्यसकारण निक्षेपकर्ताहरू बैंकबाट पैसा झिकेर शेयर बजारतिर मोडिन सक्ने जानकारहरू बताउँछन् । 

यो साता कुल बजार पूँजीकरण १ खर्ब २२ अर्ब ७३ रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ४२ अर्ब ६६ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६५ अर्ब ३९ रुपैयाँ कायम भएको हो ।

यो साता कारोबार रकम भने गत साताभन्दा ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँभन्दा बढीले घटेको छ । कारोबार कित्ता पनि १ करोड १० लाख ८६ हजार कम भएको छ । गत साता २१ अर्ब ५८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको ४ करोड ९५ लाख ३५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ८४ लाख ४९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

यो साता औसत कारोबार रकम ९ करोड २२ लाख रुपैयाँभन्दा बढीले घटेको छ भने औसत कारोबार कित्ता ४ लाख ३२ हजारभन्दा बढीले वृद्धि भएकोे छ । 

गत साता औसतमा ५ अर्ब ३९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको १ करोड २३ लाख ८३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ५ अर्ब ३० करोड ५१ लाख रुपैयाँभन्दा बढीको १ करोड २८ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

सातागत परिसूचकको तुलना

विवरण यो साता गत साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) 2,745.36 2,668.17 77.19 2.89
सेन्सेटिभ इन्डेक्स (अंक) 495.3 480.38 14.92 3.11
कारोबार रकम (रू. हजारमा) 15,915,367.70 21,589,399.68 -5,674,031.98 -26.28
कारोबार कित्ता 38,449,081.00 49,535,346.00 -11,086,265.00 -22.38
औसत कारोबार रकम (रू. हजारमा) 5,305,122.57 5,397,349.92 -92,227.35 -1.71
औसत कारोबार कित्ता 12,816,360.33 12,383,836.50 432,523.83 3.49
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 4,365,393.24 4,242,662.26 122,730.98 2.89

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

वित्त समूहको परिसूचक ६ प्रतिशतभन्दा बढीले वृद्धि 

यो साता १३ ओटै समूहगत सूचक वृद्धि भएका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ६ दशमलव ०६ प्रतिशत वृद्धि भएको छ । 

त्यस्तै, बैंकिङ्ग समूहको सूचक ४ दशमलव ०२ प्रतिशत, व्यापार समूहको सूचक ३ दशलमव ०६ प्रतिशत, लगानी समूहको २ दशमलव ९७ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ७८ प्रतिशत, जलविद्युतको २ दशमलव ७६ प्रतिशत, जीवन बीमाको २ दशमलव ५७, म्युचुअल फण्ड समूहको २ दशलमव ४६ प्रतिशत, अन्यको २ दशमलव १७ प्रतिशत, लघुवित्तको २ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमाको १ दशलमव ९१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ३६ प्रतिशत र होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ७९ प्रतिशत बढेको नेप्सेले जानकारी दिएको छ ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण यो साता गत साता फरक प्रतिशत
वित्त 3,437.19 3,240.72 6.06
बैंकिङ्ग 1,608.24 1,546.03 4.02
व्यापार 3,652.20 3,543.81 3.06
लगानी 109.71 106.55 2.97
विकास बैंक 5,410.55 5,264.13 2.78
जलविद्युत् 3,310.68 3,221.85 2.76
जीवन बीमा 13,370.81 13,035.95 2.57
म्युचुअल फण्ड 21.28 20.77 2.46
अन्य 2,122.48 2,077.50 2.17
लघुवित्त 5,072.62 4,971.77 2.03
निर्जीवन बीमा 13,197.18 12,950.04 1.91
उत्पादन तथा प्रशोधन 7,201.85 7,105.15 1.36
म्युचुअल फण्ड 20.59 20.72 -0.63

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।