यी १४ कम्पनीको शेयर किन्दा पाइन्छ लाभांश, कुनले कति दिँदैछन् ?

Share News

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरूले धमाधम लाभांश प्रस्ताव गरेका छन् ।

गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये केही कम्पनीले भने प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीको बुक क्लोज भइसकेको छ । अझै १४ कम्पनीहरूको भने बुक क्लोज हुन बाँकी छ । 

सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेशनल लघुवित्त, सपोर्ट लघुवित्त, सुपर माई हाइड्रोपावर, नबिल बैंक, आरएसडीसी लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, बिन्ध्यबासिनी हाइड्रोपावर, ग्लोबल आइएमई बैंक, मन्दाकिनी हाइड्रोपावर, प्राइम कमर्सियल बैंक र सगरमाथा जलविद्युत कम्पनीको बुक क्लोज हुन बाँकी छ । यस आधारमा यी कम्पनीहरूको शेयर खरीद गर्दा लाभांश पाउन सकिन्छ ।  

सोल्टी होटलले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र २६ दशमलव ८४३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि होटलले पुस ४ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १३ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंंसिर १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको मुनाफाबाट ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति तय गरेको छैन । 

नेशनल लघुवित्तले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश, सपोर्ट लघुवित्तले १३ दशमलव ७७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७२५ प्रतिशत नगद लाभांश, सुपर माई हाइड्रोपावर ७ प्रतिशत बोनस शेयर र ५ दशमलव ६३ प्रतिशत नगद लाभांश, नबिल बैंकले १० प्रतिशत नगद लाभांश, आरएसडीसी लघुवित्तले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश, फर्स्ट माइक्रो फाइनान्सले ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश, फरवार्ड लघुवित्तले ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत र प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । 

त्यस्तै, बिन्ध्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले लाभांश पारितका लागि मङ्सिर ६ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक २८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य हुनेछन् । 

ग्लोबल आइएमई बैंकले गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् । 

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ७ गते साधारण सभा बोलाएको छ । यस कम्पनीले साधारण सभा प्रयोजनार्थ कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।

सगरमाथा जलविद्युत कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितको लागि कम्पनीले मङ्सिर १४ मा साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा कात्तिक २५ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य हुनेछन् ।

बुक क्लाेज हुन बाँकी कम्पनी

कम्पनीको नाम  बोनस शेयर %  नगद लाभांश %  कुल लाभांश % बुक क्लोज मिति
सोल्टी होटल  १० २६.८४३ ३६.८४३ मङसिर १३ देखि पुस ४ सम्म 
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.५ १९ २५.५  
नेशनल लघुवित्त १४.२५ ०.७५ १५  
सपोर्ट लघुवित्त १३.७७५ ०.७२५ १४.५  
सुपर माई हाइड्रोपावर ५.६३ १२.६३  
नबिल बैंक   १० १०  
आरएसडिसी लघुवित्त ९.५ ०.५ १०  
फर्स्ट माइक्रो फाइनान्स ०.४७ ९.४७  
फरवार्ड माइक्रो फाइनान्स लघुवित्त ०.४७ ९.४७  
विन्ध्बासिनी हाइड्रोपावर    
ग्लोबल आइएमई बैंक ५.५   ५.५ कात्तिक २८ गते 
मन्दाकिनी हाइड्रोपावर ०.२६३२ ५.२६३२ मङ्सिर ९ गते 
पाइम कमर्शियल बैंक   कात्तिक २८ गते 
सगरमाथा जलविद्युत ४.७५ ०.२५  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।