ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । दुई वाणिज्य बैंकहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस दिन ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । 

यी दुवै बैंकहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मङ्सिर ९ गते बुकक्लोज गर्दैछन् । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

ग्लोबल आइएमई बैंकले मङ्सिर २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १८ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्तापूँजीको ५ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडले मङ्सिर १९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा १७ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।