काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १० गते बुकक्लोज गर्दैछ ।
यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर २७ गते बिहान १० बजेदेखि काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा ४० औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत अर्थात् दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गाभ्ने/गाभिने तथा प्राप्ति गर्न, रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेसमेत प्रस्ताव पारित गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।