तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको शीर्षस्थानमा

Share News

काठमाडौं। ‘सूर्य नेपाल गल्फ टुर २०२४/२५’ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५ अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा पुगेका छन् । त्यस्तै ४ अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।

३ अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो, २ अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौ तथा एमेच्योरतर्फ शीर्षस्थानमा रहेको बताइएको छ । एमेच्योरतर्फ विजय श्रेष्ठ १ ओभर ७३ सहित दोस्रो स्थानमा र सदभाव आचार्य २ ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।

चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दाकम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेको बताइएको छ । उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गर्ने बताइएको छ । कुल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताका विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।