काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौं–३ लाजिम्पाटमा रहेको ‘जेनो फार्मेसी प्रालि’ र ‘निर्भाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टर’मा छूट पाउने भएका छन् । विभिन्न औषधि, स्वास्थ्यसम्बन्धी सेवा (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अन्य) लगायतमा छूट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता भएको बताइएको छ ।
सम्झौतापश्चात् बैंकका कर्मचारी र ग्राहकले विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी प्रडक्टको खरीदमा २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ मङ्सिर महीनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाइ विक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।