आइएमई पेको ‘५ मा १०० इन–ड्राइभको पुरै कमिशन फिर्ता’ योजना

Share News

काठमाडौं। डिजिटल वालेट आइएमई पेले राइड सेयरिङ एप इन–ड्राइभका चालकको लागि ‘५ मा १०० इन–ड्राइभको पुरै कमिशन फिर्ता’ नयाँ योजना सार्वजनिक गरेको छ । इन–ड्राइभ चालक र उनीहरूमार्फतका सेवाग्राहीलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाको बारेमा सचेतना जगाउनका लागि यो योजना ल्याइएको बताइएको छ ।

मङ्सिर ९ देखि शुरू भएको यो योजना फागुन ९ गतेसम्म कायम रहने बताइएको छ । यो योजनामा आइएमई पे एपबाट इन–ड्राइभ एपमा टपअप गर्ने चालकले आइएमई पे एपको तोकिएका कारोबार वा भुक्तानी गरेर आफूले इन–ड्राइभलाई तिर्नुपर्ने कमिशन शत प्रतिशत फिर्ता पाउन सक्नेछन् । साथै तोकिएको कारोबार वा भुक्तानी गरे बापत रू. १०० सम्म अधिकतम बोनस पनि जित्ने मौका रहने बताइएको छ । 

चालकले योजना अन्तर्गतको कमिसन प्राप्त गर्न नयाँ ग्राहकलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन–इन गराउनु पर्ने बताइएको छ । यसवापत चालकले रू. ७५ सम्म बोनस प्राप्त गर्न सक्नेछन् । त्यस्तै यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिँदा चालकले प्रति दिन रू. १० बोनस प्राप्त गर्नेछन् । चालकले आफ्नै आइएमई पे एपबाट डाटा प्याक, भ्वाइस प्याक र मोबाइल रिचार्ज गर्दा प्रतिदिन रू. १० बोनस प्राप्त गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।