सेन्ट्रल फाईनान्सको ‘टप अपमा क्यास ब्याक’को विजेता घोषणा

Share News

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेडले दशैं तथा तिहार २०८१ लक्षित आयोजना गरेको ‘टप अपमा क्यास ब्याक’ अभियानको लक्की ड्रमा भक्तपुरका पाण्डव सुवालले सामसङ स्मार्टफोन जितेका छन् । सो अभियानमा टपअप गरी सहभागी भएका संस्थाका मोबाइल बैंकिङ प्रयोगकर्तामध्येबाट सुवालले स्मार्ट फोन जितेका हुन् । त्यस्तै टप अप गर्ने संस्थाका विभिन्न शाखा कार्यालयका बचतकर्तामध्ये १२ जनाले रू. १०० का दरले क्यास ब्याक समेत पाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।