पितृका नाममा दीप दान गरेर मनाइँदै बाला चतुर्दशी पर्व [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको मखनस्थित महादेव मन्दिरमा बाला चतुर्दशीका दिन आज दिवंगतहरूको लागि दीप दान गर्दै श्रद्धालु । आजको दिन दिवंगतहरूको अनुष्ठान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ । 

आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत अन्य शिवालयमा पनि दीप दान गर्न आउने श्रद्धालुको भीड लागेको छ । आजको रात जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपछि भोलि बिहान शतबीज छर्ने चलन छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।