काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल)को पहिलो संस्करणको पहिलो खेलमा विराटनगरकिंसले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा समेटियो ।
विराटनगरका लागि मार्टिन गप्टिल एनपिएलको इतिहासमा नै पहिलो अर्धसतकीय पारी खेलेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट क्याचआउट भएका थिए । अकिब इल्यासले १८ बलमा १५ रन जोडे । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ जनकपुरका ललित राजबंशीले ३, किशोर महतो र हर्ष ठाकरले २/२ तथा बेन माइक र मोहम्मद मोसिनले एक/एक विकेट लिएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।