सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

Share News

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले आगामी पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरूका लागि यी हकप्रद शेयर निष्कासनमा ल्याउन लागेको हो । १ बराबर १ दशमलव १२५ को अनुपातमा निष्कासनमा आउन लागेको हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरूले माघ ७ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि रूपन्देहीको बुटवलस्थित सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालयमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

कम्पनीको नाममा एनएमबि बैंकको मिलनचोक शाखा, बुटवलमा रहेको खाता नम्बर ००५०१४३१४८९००१५५ मा हकप्रद शेयर बापत्को रकम जम्मा गरी उक्त भौचरसहित आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।