काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यससँगै नेप्से १५ दशमलव ९३ अंक घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा झरेको हो ।
अघिल्लो कारोबार दिन रू. ९ अर्ब १३ करोड बराबरको कारोबार भएकोमा आज रू. ८ अर्ब ३६ करोडमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से २४ दशमलव ९७ अंक घटेको थियो ।
बिहीवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १० प्रतिशत घटेको छ ।
३०७ धितोपत्रको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर ८७ हजार ४७६ पटक कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२८ दशमलव ८० पुगेको हो । त्यस्तै सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत बढेर रू. १ हजार १४९ पुगेको छ ।
बिहीवार सपोर्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ दशमलव ३७ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ८५० मा झरेको छ ।
त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ७ दशमलव १५ प्रतिशत घटेर रू. १ हजार १५५ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा पनि नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ४२ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट छ । कम्पनीको रू. २९ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ६३ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।