नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामग्री तथा पोसाक वितरण

Share News

काठमाडौं । नेपाल एसबिआई बैंकले कैलालीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ । 

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लम्कीचुहा नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको हो । 

उक्त सामग्री बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तारामीलार्ई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षक समेतको उपस्थिति थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।