काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मैत्री समाज नेपालसँगको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरस्थित कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले सहयोग स्वरूप विभिन्न ब्रेल शैक्षिक सामग्री हस्तान्तरण गरेको बताइएको छ । दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीले उनीहरूको अध्ययनमा सहज होस् भन्ने अभिप्रायले बैंकले सो सामग्री प्रदान गरिएको बताइएको छ ।
बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बताइएको छ । भौतिक कार्डविना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको बैंकको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।