काठमाडौं । आइसिएफसि फाइनान्स कम्पनीले यस वर्ष ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा ६ करोड २२ लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीले गत वर्षको तुलनामा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले कर समेत ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।