हिमालयन हाइड्रोपावरले पुस २६ गते साधारण सभा गर्दै, छैन लाभांश प्रस्ताव

Share News

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले यही पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वाटरफ्रन्ट रिसार्ट लेक साइट पोखरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ४ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ भने  २६ करोड ५० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।