काठमाडौं । एनएमबि बैंक लिमिटेडले यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते २९औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।