काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले यही पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा होटल क्रिष्टल पशुपति, गौशाला काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ । कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म शेयर खरीद गरी कायम रहने शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।