हिमालयन बैंकले यो वर्ष पनि लगानीकर्ताको हात खाली गराउने

Share News

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिको वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन ।

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय पनि कम्पनीले गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।