ग्लोबल आइएमई लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि कम्पनीले गरेको हो ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।

गत वर्ष भने कम्पनीले करसमेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।