प्रस्तावित लाभांश पुस २४ गते पारित गर्दै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट

Share News

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रस्तावित लाभांश पुस २४ गते पारित गर्ने भएको छ ।

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौंमा विहान १० बजे १३औं वार्षिक साधारण सभामार्फत प्रस्तावित लाभांश पारित गर्न लागेको हो । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

गत वर्ष कम्पनीले करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

संस्थापक समूह अन्तर्गतका अन्य संस्थापक शेयरधनीमध्येबाट एक जना सञ्चालक निर्वाचनको कार्याक्रम समेत सभाका लागि तय भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा भएको १० लाख रुपैयाँ खर्चलाई पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।