काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ
पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको नेप्से मार्फत जनाइएको हो ।
अघिल्लो आव २०७९/८० को मुनाफाबाट बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश दिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।