मुक्तिनाथ कृषि कम्पनीले पुस २६ मा बोलायो साधारण सभा

Share News

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले यही पुस २६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको बसुन्धारास्थित यति पार्टी प्यालेसमा दिनको १ बजे शुरु हुने कम्पनीले जनाएको छ  । 

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले प्राप्ति सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।